आगामी तीन दिनको मौसम : मेघ गर्जन र चट्‍याङसहित क्षणिक बर्षा



।आज अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।

अपरान्ह पश्चात देशका केही स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ ।

महाशाखाका अनुसार देशको पूर्वी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

(आज)  आइतबार

दिउँसोः देशको पूर्वी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी र मध्य भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

(भोलि)  सोमबार

दिउँसोः पुर्वी पहाडी भू(भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू९भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू९भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

(पर्सि) मंगलबार

दिउँसोः देशको पश्चिमि भू(भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । पश्चिमि पहाडि भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू(भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडि भू(भागका १(२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति : चैत्र ९, २०७६ आइतबार  ३ : ३२ बजे