भोलिदेखि एक हप्तासम्म भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय



कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछी सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आज (आइतबार्) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिने बताइएको छ ।

तेसै गरी सरकारले कोरोनाको संक्रमण भएको खण्डमा उपचार, अन्य उपकरण तथा कोरोनाको सङ्क्रमण रोक्ने कार्यकालागी सरकारले केन्द्रीय राहत कोष खडा गरेको छ ।

सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोषको शुरुवात गरिएको बताइएको छ ।

मन्त्रिपरिषदको बैठक आइतबार प्रधानमन्त्री निवासमा बसेको हो।

प्रकाशित मिति : चैत्र ९, २०७६ आइतबार  २ : ३४ बजे