लकडाउनलाई जनताको साथ : काठमाडौँ उपत्यका सुनसान



नेपालामा समेत कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टी भएपछी सम्भावित थप सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान देखिएको छ ।

आज काठ्माण्डौमा मानिसहरू खसै बाहिर निस्किएका छैनन् भने आवश्यकबाहेक सम्पूर्ण सेवा बन्द छन्। सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ।

आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्।सवारिका सधनहरु फाट्टफुट्ट मात्रै सडकमा देखिएका छन ।मूल चोक र सडकहरूमा प्रहरीहरूको बाक्लो उपस्थिति छ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

 

प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार  ५ : ५६ बजे