बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको संक्रमणमा परेका छन ।
उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउदै मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ भएको ट्विटरमार्फत सार्बजनिक गरेका छन । जोनसनले ट्वीटरमा भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’उनले अहिले आफू सेल्फ-आइसोलेसनमा रहेको र घरबाटै काम गरिरहेको बताएका छन् ।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson (@BorisJohnson) March 27, 2020
बेलायतमा हालसम्म करिब १२ हजार कोरोनाभारस संक्रमित छन् भने पाँच सय ७८ जनाको ज्यान गइसकेको छ ।














