कोरोना परीक्षणको नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको धावनमार्गमा चिप्लियो



कोरोना भाइरस स‌ंक्रमणकोको आशङ्का गरिएका ब्यक्तिको नमुना लिन काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षणका लागि संकलन भएको नमूना लिन जहाज चार्टर गरेको थियो। जहाजमा पाइलट केबी लिम्बू थिए भने को-पाइलट महेशराज पाण्डे थिए। जहाजमा क्याबिन क्रु किरण आचार्य थिए भने थप २ जना चिकत्सक समेत रहेको निगम स्रोतले बताएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले अब कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने बताए ।

दुर्घटना भएको विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने उनले बताए

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  ७ : ०५ बजे