आज मौसम सफा रहने



महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

सोमबार दिउँसो भने देशको पहाडी भू–भाग तथा पुर्वी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यसैगरी, राति देशको पश्चिमी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमानमा जनाइएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार  ५ : ०६ बजे