रामेछापमा जिप दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते



भक्तपुरबाट मजदुरका परिवार लिएर दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ ज ९४९८ नम्बरको पिकअप भ्यान रामेछापको खाडादेवी गाउँपालिका–१ मा  दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २८ जना घाइते भएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

घाइते सबैलाई धुखिखेल अस्पताल पठाइएको छ ।

भ्यानमा विभिन्न ४ परिवारका १० बालबालिकासहित ३० जना बढी सवार थिए ।

उनीहरु रिजर्भ गरेर गाउँ फर्किन लागेका थिए ।

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ४ : ४८ बजे