भक्तपुरबाट मजदुरका परिवार लिएर दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ ज ९४९८ नम्बरको पिकअप भ्यान रामेछापको खाडादेवी गाउँपालिका–१ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २८ जना घाइते भएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।
घाइते सबैलाई धुखिखेल अस्पताल पठाइएको छ ।
भ्यानमा विभिन्न ४ परिवारका १० बालबालिकासहित ३० जना बढी सवार थिए ।
उनीहरु रिजर्भ गरेर गाउँ फर्किन लागेका थिए ।








