पाटन अस्पतालमा मृत्यु भएका धादिङका युबालाई कोरोना संक्रमण नभएको पुष्टि



उपचारका क्रममा पाटन अस्पतालमा सोमबार मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ ।

धादिङका एक युबकको उपचारका क्रममा सोमबार पाटन अस्पतालमा निधन भएको थियो ।

उनमा कोरोना संक्रमण भए नभएको परीक्षणको नतिजा मंगलबार आएकोको हो ।

उनमा कोरोनाको सङ्क्रमण भएको आशङ्कामा नमुना परिक्षणका लागी पठाइएको थियो ।

पाटन अस्पतालका निर्देशक विष्णु शर्माले मृतकको परिक्षण नतिजा नेगेटिभ आएको जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ७ : ११ बजे