लक डाउँनका कारण दैनिक जिविको पार्जन गर्नका लागि समस्या भएको भन्दै अमरगढी नगरपालीका डडेलधुराका वडा नम्वर २ र ३ ले ज्यालादारीलाई राहत वितरण गरेको छ । अमरगढी नगरपालीकाको वडा नम्वर २ र ३ मा रहेका दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्नेहरुको पहिचान गरेर राहत वितरण गरेको हो ।
नगरपाीकाको वडा नम्वर ३ का २५ जनालाई राहत वितरण गरिएको छ । नगरपालीकाकै वडा नम्वर २ ले पहिलो दिन १० परिवारलाई राहत वितरण गरेको वडा नम्वर २ का वडा अध्यक्ष मनोरथ खडायतले वताउँनु भयो । ‘यो शुरवात गरेका छौं, वडा भरीमा रहेका करिव १ सय ज्यालादारीलाई राहत दिन्छौं ।,’ उनले भने । ‘नेपाल सरकारले राहत दिने घोषणा गरेको भएपनि त्यो पक्रिया लामो छ ।राहत कहिले आउँछ भन्ने एकिन हुन नसक्दा विभिन्न व्यक्तीहरुले वडा कार्यालयमा दिएको राहतलाई वितरण गरिरहेका छौं । ’लक डाउन भएको १० दिन पुग्दा सम्म ज्यालादारी गरेर दिनको गुजारा गर्ने विपन्न परिवार भोक भोकै वस्न थालेपछि स्थानिय व्यापारीले दिएको चामल,दाल,तेल, दिईरहेको समेत अध्यक्ष खडायतले वताउँनु भयो । राहतमा चामल,दाल,तेल,नुन रहेको छ ।
राहत वितरणमा चार जना सम्म भएको परिवारलाई १२ किलो चामल रहेको छ भने चार जना भन्दा वढी सदस्य रहेको परिवारलाई भने १५ किलो चामल दिइएको वडा नम्वर ३ का वडा अध्यक्ष गोविन्द राज वोहराले वताउँनु भया ।
वडा भरीमा रहेका २५ जना ज्याला मजदुरीलाई रातह वितरण गरेका छौं,अmभै डाटा संकलन गर्ने काम भएकाले थप आएमा उनिहरुलाई पनि राहत दिने अध्यक्ष वोहराले वताउँनु भयो । यसैगरी वडा नम्वर ३ का अध्यक्षले घरदैलो अभियान संचालन गरेको छ । कोरना भाईरसको संक्रमण वाट वच्ने उपायका वारेमा जानकारी गराउँनका साथै मास्क,सावुन वितरण गर्नु भएको छ । वडा भरीमा रहेका प्रत्येक घरधुरीमै पुगेर अध्यक्ष वोहराले सावुन,मास्क वितरण गर्नुका साथै जनचेतना मुलक सन्देश लेखिएका व्यानर समेत लगाइएका छन् ।
यसैगरी १ किलो दाल,आधा लिटर र तेल र एक किलो नुन दिइएको छ । वडा नम्वर २ मा करिव एक सय जना ज्यलादारी मजदुर रहेका छन् भने वडा नम्वर ३ मा २५ जना मात्रै ज्यालादारी मजदुर रहेका छन् । यसैगरी वडा कार्यालयले कोरना भाईरसको संक्रमण वाट वच्चने सम्वन्धमा गाउँ गाउँमा जनचेतना जगाउँने काम समेत गरीरहेका छन् ।










