नेपालामाअ कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका व्यक्तिमा कोरानाको संक्रमण देखिएको छ ।
मध्यपूर्व, चीन र युरोपियन देशबाट आएकामा देखिदै आएको कोरोना भारतबाट आएकोमा पनि भेटिएको हो।
कास्कीमा भेटिएका व्यक्ति नेपालमा कोरोनाका सातौं संक्रमित हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ, अब थप दुई परिक्षण हुने चिकित्सकले जनाएका छन्।
उनको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकोमा पोजिटिभ देखिएको थियो ।
यद्दपी उक्त व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाण्डौ पठाइएको प्रदेश सरकारले जनाएको छ ।
यस बारेमा स्वास्थ्य मन्त्रालयको भने आधिकारिक धारणा आउन बाकी छ ।








