भारतबाट नेपाल आएका कोरोनाको सातौं संक्रमित कास्कीमा भेटिए



नेपालामाअ कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका व्यक्तिमा कोरानाको संक्रमण देखिएको छ ।

मध्यपूर्व, चीन र युरोपियन देशबाट आएकामा देखिदै आएको कोरोना भारतबाट आएकोमा पनि भेटिएको हो।

कास्कीमा भेटिएका व्यक्ति नेपालमा कोरोनाका सातौं संक्रमित हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ, अब थप दुई परिक्षण हुने चिकित्सकले जनाएका छन्।

उनको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकोमा पोजिटिभ देखिएको थियो ।

यद्दपी उक्त व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाण्डौ पठाइएको प्रदेश सरकारले जनाएको छ ।

यस बारेमा स्वास्थ्य मन्त्रालयको भने आधिकारिक धारणा आउन बाकी छ ।

प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार  ९ : ०६ बजे