इटली र स्पेनबाट पहिलो पटक राहतको खबर



काठमाडौैं । विश्वभर माहामारी रुपमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित इटली र स्पेनले संक्रमणसँग लड्न सफलता हात पारिरहेको बताइएको छ । यी दुई देशमा कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमित देखिएका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेन यो महामारीलार्ई कम गर्ने सुरुवाती चरणमा आइपुगेको बताएका छन् ।

यस्तै, इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी भइरहेको छ । इटलीमा पहिलो पटक इन्सेन्टिव केयरमा बिरामीको संख्या कम भएको छ । यसलाई पनि यो रोगविरुद्धको लडाईंमा सफलताको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ३ : ४२ बजे