आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल हाल देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सफा रहेको उल्लेख गरेको छ ।

पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एकरदुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  ३ : २० बजे