आजको मौसम : यस्तो रहेको छ पूर्वानुमान



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

महाशाखाले गरेको पूर्वानुमानमा आज दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, देशका बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने राती देशका पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली भई बांकी भू–भागमा आंशिक बदली रहने छ।

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार  ३ : ५६ बजे