अमरगढी ५ मा राहत सामग्री वितरण शुरु



डडेल्धुराको अमरगढी नगरपालिकाले सोमवार देखी ज्यालादारी र विपन्न व्यक्तीहरुलाई राहत वितरण गर्न शुरु गरेको छ । जिल्लामै पहिलो पटक अमरगढी नगरपालीका वडा नम्वर ५ ले ‘टोकन प्रणाली’मार्फत राहत वितरण सुरु गरेको छ।

नगरपालिमा रहेका ज्यालादारी र विपन्न वर्गको तथ्यांक संकलन पश्चात वडा कार्यालयले राहत वितरण गर्न शुरु गरेको वताइएको छ । राहत सामग्रीमा चामल १५ केजी, दाल २ केजी, तेल १ पोका, नुन १ किलो र साबुन २ पिस उल्लेख गरि पसलमा पठाइने व्यवस्था गरिएको छ।

खाद्यान्न सामाग्री बिक्री गर्ने पसलहरूसंग सम्झौता गरि वडा कार्यालयले सबैको पायक पर्ने पसलका नाममा टोकन उपलब्ध गराएर राहत वितरण गर्न थालिएको छ । वडामा हरेक स्थानमा पसल रहेकाले कसैलाई पनि असहज नहुने वडा अध्यक्ष खेमराज पाठकले बताए। वडामा रहेका करिव १५० जना दैनिक ज्याला मनदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको उनले बताए।

लक डाउँनका कारण दैनिक जिविको पार्जन गरेर जिविको पार्जन गर्ने ज्यालादारी र विपन्न व्यक्तीहरुलाई दैनिक छाक टार्नका लागि समस्या भएपछि अमरगढी नगरपालीकाका ११ वर्ट वडामा राहत वितरण गर्न शुरु गरेको अमरगढी नगरपालीका डडेलधुराका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले वताउँनु भयो ।

पसलहरुमा भीडभाड नहोस् भन्नका लागि सबै क्षेत्रका पसलहरुका नाममा टोकन बनाइएको र थोरै मात्रामा मात्रै मान्छेहरुलाई पठाइने व्यवस्था गरेको वडा कार्यालयले जनाएको छ। व्यवस्थित रुपमा राहत प्राप्त गरेपछि स्थानीय भने निकै खुसी भएका छन्। राहत वितरण गरिने सम्पूर्ण पसलहरूमा समेत सामाजिक दूरी कायम गरि राहात सामग्री हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार  ८ : ०७ बजे