भारतमा जारी २१ दिनको लकडाउनलाई लिएर केहि राज्य सरकारहरुले लकडाउनको समय थप गर्न आग्रह गरेका छन भने नागरिकहरुले लकडाउन हटाउनुपर्ने धारणा राखिरहेका छन ।
मोदी सरकारले समेत लक डाउनको समय थप गर्ने तयारी गरिरहेको भनेर भारतिय सञ्चारमाध्यमहरुले समाचार दिन थालेपछी भरतको स्वास्थ्य मंत्रालयले प्रेस कन्फ्रेंस मार्फत लकडाउनको समय थप्ने वा नथप्ने भन्ने बिषयमा अहिले कुनै निर्णय नलिइएको बताएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआइ)ले जनाएको छ ।
No decision on extending lockdown as yet, please don't speculate: Union Health Ministry
— Press Trust of India (@PTI_News) April 7, 2020
स्वास्थ्य मंत्रालयले लकडाउनको बारेमा कुनै अनुमान नलगाउन पनि सार्बजनिक आह्वान गरेको छ । यसका बाबजुत उत्तर प्रदेश र मध्य प्रदेश सरकारले भने लकडाउन बढ़ाउने संकेत दिएका छन तेस्तै तेलंगानाका मुख्य मन्त्रीले पनि लकडाउन बढ़उन सुझाब दिएका छन ।
२१ दिनका लागी जारी लकडाउनका कारण भारतमा मजदुर र किशानहरुलाई ठुलो समस्या परिरहेको र सरकारले त्यसको उचित प्रबन्ध गर्न नसकेको आरोप सरकारमाथी लागी रहेको छ भने जारी लक डाउन थप गर्दा आगामी दिनमा भारतिय अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक असरलाई लिएर भारतका कैयन अर्थशास्त्रीहरुले चिन्ता ब्यक्त गरी रहेका छन ।
लक डाउनको समयआबढी बढाउने कि नबढाउने भन्नेमा भारतिय सञ्चारमाध्यम र नागरिक तहमा फरक फरक धारणा सार्बजनिक हुन थालेपछी त्यहाको स्वास्थ्य मन्त्रालयले प्रेस कन्फ्रेन्स गरेर यस बारेमा कुनै निर्णय नलिइएको भन्दै सञ्चारमाध्यम र आम नागरिकहरुलाई अनुमानका आधारमा धारणा नबनाउन आग्रह गरेको हो ।
भारतमा हाल कोरोनाको सङ्क्रमण उच्च दरमा फैलिदै गएको छ ।भारतमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या पाच हजार नाघ्न लागेको छ भने मङ्गलबार दिउसो सम्म मृत्यु हुनेको सङ्ख्या ११४ नाघेको छ ।भारतका महाराष्ट्र, तामिल नाडु र नयाँ दिल्लीमा संक्रमण बढ्दो दरमा देखिएको छ ।
A lot of state governments, as well as experts, are requesting Central Government to extend the lockdown. Central Government is thinking in this direction: Government sources pic.twitter.com/iDShmLIS8j
— ANI (@ANI) April 7, 2020














