अन्तत: भारतमा लकडाउन अझै दुइ हप्ता लम्बिने



कोरोना भाइरसको संक्रमण रोक्न भारतमा जारी लकडाउन अन्तत : थपिने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबिच भिडियो कन्फ्रेन्समार्फत शनिबार भएको ४ घण्टा बैठकपछी लकडाउनको अवधि थपिने सार्बजनिक भएको हो

आगामी अप्रिल ३० सम्म लकडाउन लम्बिने बैठकमा प्रधानमन्त्री मोदिले जानकारी गराएको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जिलाई उधृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया(पिटिआइ) ले जनाएको छ ।

तेस्तै बैठकपछी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लक डाउन थपिने निश्चित भएको ट्विटर मार्फत जानकारी दिएकाछन ।

उनले ट्विटरमा लेखेका छन्, ‘ प्रधानमन्त्रीले लक डाउन बढाउने सही निर्णय लिनु भएको छ ।’ तर लक डाउनको घोषणा हुन भने बाँकी छ ।

भारतमा गत २४ मार्चबाट सुरु भएको २१ दिने लकडाउन हाल जारी छ ।लकाडाउनको समय सकिन लाग्दा प्रधानमन्त्री मोदिले यसबारेमा मुख्यमन्त्रीहरुसग छलफल गरेका हुन ।लकडाउनका कारण भारतको अर्थव्यवस्थामा पर्ने नोक्सान कम गर्न खास उधोग र ब्यबसायहरुलाई भने सामाजिक दुरी कायम गर्ने शर्तमा खोल्न दिने बारेमा पनि छलफल भइरहेको बताइएको छ ।

भारतमा ७ हजार ६ सयमा कोरोना पुष्टि भएको र २४९ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार  १ : ०३ बजे