भोलि विहान ८ बजे ताली बजाउदै राष्ट्रिय गान गाउन प्रधानमन्त्री ओलिको आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि नयाँअ बर्षको दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको त्रासका बिच चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा प्रधानमन्त्री ओलीले ट्विटर मार्फत ताली बजाउन  आह्वान गरेका हुन ।ट्विटरमा ओलिले भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दैप्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन गरेको आह्वान अनुसार ताली बजाउन सबैलाई आह्वान गरेकाअ हुन ।

 

प्रकाशित मिति : चैत्र ३०, २०७६ आइतबार  १ : २१ बजे