मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनालाई जितेर बेलायती प्रधानमन्त्री जोनसोन अस्पतालबाट डिस्चार्ज



कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री स्वास्थ्यमा सुधार आएपछि लन्डनको सेन्ट थोमस अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणविरुद्धको व्यक्तिगत लडाईं जितेर उनी निवास फर्किए पनि चिकित्सकले तत्काल काममा नफर्कन सुझाव दिएकाले उनी केही दिन आराम गरेर बस्ने बिबिसीले जनाएको छ।

भाइरसको संक्रमण देखिएको १० दिनपछि जोनसोन गत आइतबार अस्पताल भर्ना भएका थिए।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई तीन दिन सघन उपचार कक्ष (आइसियू)मा राखिएको थियो ।

कोरोना भाइरसको संक्रमण बढेर आइसियुमै भर्ना भएपछि बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर विश्वभर चासाे र चिन्ता उत्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १ : ५२ बजे