रौतहटमा भेटिए १४ औं कोरोना संक्रमित



काठमाडौं । रौतहटका एक युवकमा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  १० : ५१ बजे