काठ्माण्डौमा बस्दै आएका एकै परिवारमा तीन जनाको र्यापिड टेष्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।
पाटन अस्पतालाले अब तीनै जनाको पिसिआरबाट परीक्षण गर्ने तयारी गरिरहेको शर्माले बताए ।उनिहरु तीनै जना एक महिना अगाडि आएकाले उनीहरूको पिसिआर टेस्टमा नेगेटिभ आउने संम्भावना रहने चिकित्सकहरुले बताएका छन।
उनीहरु १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । अहिले पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा यो ब्लकलाई प्रहरीले सिल गरेको छ ।








