विश्वभर कोरोनाबाट १ लाख १९ हजारको मृत्यु, १९ लाखमा संक्रमण



काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् ।

पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार ५ सय ९५ पुगेको छ ।

विश्वभरमा १९ लाख २३ हजार ६ सय ५१ जना संक्रमित भएको पुष्टि भइकेको छ । संक्रमित मध्ये ४ लाख ४३ हजार ८ सय ८६ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १६ लाख जनाको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विगत २४ घण्टामा मात्रै कोरोनाबाट ७१ हजार २ सय ८६ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । एकैदिन विश्वभर गरी ५ हजार ३ सय ९९ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ८६ हजार ७ सय ४८ जना संक्रमित भएका छन् । त्यस्तै २३ हजार ६ सय १८ जनाको संक्रमणबाट ज्यान गएको छ भने ३६ हजार २ सय १८ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १२ हजार ७ सय ७८ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका पहिलो देश भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २० हजार ४ सय ६५ पुगेको छ भने ३५ हजार ४ सय ३५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार २ सय ६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८२ हजार १ सय ६० जनामा संक्रमण देखिएकोमा ७७ हजार ६ सय ६३ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएको चीनमा १ सय ११ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण देखिएको छ, जसमा १३ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएको छ । १ जना पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार  १ : ४२ बजे