देशभरी हालसम्म १२ हजार ९०६ जनाको कोरोना भाइरस आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले आरडीटी र पीसीआर दुबै विधिबाट गरी उक्त सङ्ख्यामा परिक्षण गरिएको बताएका हुन ।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लन्डनबाट आई बसोबास गर्ने एकै परिवारका तीनजना कोभिड १९ को शंस्कास्पदहरूको वैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुईजनाको पोजेटिभ देखिएकाले पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको डा . देवकोटाले बताए ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या १६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा । देवकोटाले हालसम्म सेती प्रादेशिक अस्पतालमा ५ जना, टेकु अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा २, नारायणी उपक्षेत्रीय अस्पतालमा ४ जना र पाटन अस्पतालमा २ जना गरी हालसम्म १५ जना अस्पतालमा उपचाररत रहेको बताए ।
“आज देशैभरको अस्पतालहरूको आइसोलेसनमा ९९ जना उपचाररत रहेका छन्,” उनले भने, काठमाडौं उपत्यकका भित्रमा १२ जना र बाहिर ८७ जना रहेका छन् ।”








