भारतमा संक्रमितको संख्या ११ हजार नाघ्यो



पछिल्लो केहि समय देखी भारतमा भारतमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । बुधबार बिहान सम्मको आकडा अनुसार सङ्क्रमितको सङ्ख्या ११ हजार पार भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमतिको संख्या ११ हजार ४ सय ३९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ७७ को मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट भारतका महाराष्ट्र, दिल्ली, तमिल नाडु, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गाना लगायतका राज्यहरू धेरै प्रभावित बनेका छन्।

यी राज्यमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ४ : २९ बजे