भारतमा भयवह बन्दै कोरोना, मृतकको संख्या ५ सय नाघ्यो



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि भयवह बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ ।

एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् भने १२ हजार ७३८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार  १ : २० बजे