कोरोना भाइरसका कारण एक लाख ७० हजारको मृत्यु, झण्डै २५ लाख संक्रमित



काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणका कारण एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा संख्या सात लाख ८६ हजार तीन सय ३८ संक्रमित भएका छन् भने ४२ हजार दुई सय ९५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ भने १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ भने २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा दुई लाख २ सय १० जना संक्रमितमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएकोमा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ ।

बेलायतमा एक लाख २५ हजार ८ सय ५६ जनामा संक्रमण भएकोमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ३ : ४८ बजे