कारागार अस्पतालका नर्सलाई कोरोना संक्रमण नभएको पुष्टी



केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सलाई कोरोना सङ्क्रमण नभएको पुष्टी भएको छ ।

र्यापिड टेस्ट उनिहरुको पोजेटिव नतिजा देखिएको भए पनि पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा . अनुप बास्तोलले जानकारी दिए ।

दुबै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको उनले बताए ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ७ : ५६ बजे