सर्लाहीका किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टी



सर्लाहीका एक जना किशोरमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

सर्लाहीको धनकौल गाउँपालिका घर भएका  किशोरको गत शुक्रबार आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि ल्याइएको थियो ।यापिड टेस्ट विधिबाट परीक्षण गर्दा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उक्त रिपोर्ट नेगेटिभ आएपछि उनि ७ गते डिस्चार्ज भएका थिए।

टेकुमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । अहिले हरकठवास्थित क्वारेन्टाइनमा रहेका उनलाई अब फेरि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

किशोर गत चैत २३ गते भारतको राजधानी दिल्लीबाट धनकौल फर्केका थिए।

भारतबाट आएको जानकारी पाएपछि प्रहरीले उनलाई गाउँकै क्वारेन्टाइनमा राखेको थियो।

 

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहिबार  १ : ०६ बजे