बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आजबाट काममा फर्किने बिबिसिले उल्लेख गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए ।
जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए ।
गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
बेलायतमा हालसम्म २० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने एक लाख ५२ हजार ८४० जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको र देशलाई लकडाउनबाट बाहिर ल्याउने योजना सार्बजनिक गर्न नसकेको आरोप लागिरहेका बेला कोरोना जितेर बेलायती प्रधानमन्त्री जोन्सन प्रधानमन्त्री कार्यलय डाउनिङस्ट्रिटमा फर्किएका हुन् ।










