काठमाडौं । सरकारले खर्च कटौतीका लागि कर्मचारीको नयाँ भर्ना तत्कालका लागि स्थगित गरेको छ । मन्त्रिपरिषद् बैठकले नयाँ भर्ना र परीक्षा रोक्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै करिब दुई हजार पदका लागि लोकसेवा आयोगले अघि बढाएको प्रक्रिया रोकिएको छ । मन्त्रिपरिषद्ले अर्को निर्णय नगरेसम्मका लागि भर्ना रोकिनेछ । अर्थ मन्त्री युवराज खतिवडा खतिवडाले विज्ञापन भइनसकेका तथा विज्ञापन भएर पनि परीक्षा सञ्चालन भइनसकेका पदपूर्ति कार्य अर्को व्यवस्था नभएसम्मलाई स्थगित गर्न आग्रह गर्ने निर्णय भएको बताए ।
बैठकले संघ, प्रदेश तथा स्थानीय तहलाई नयाँ दरबन्दी थप गर्न पनि रोकेको छ । यसका लागि अत्यावश्यक अवस्थामा बाहेक अन्यमा संगठन तथा व्यवस्थापन सर्वेक्षण स्थगित गर्ने निर्णयसमेत भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै प्रस्तावमा यस्तो निर्णय भएको हो । नयाँ पत्रिकामा खबर छ ।