मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पूर्वी भू(भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको बताएको छ।
महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशको मध्य र पूर्वी भू(भागमा पूर्ण बदली रहि पश्चिमी भू(भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू(भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ।
यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू(भागका साथै पश्चिमी पहाडी भू(भागमा सामान्य बदली रहि अन्य भू(भागमा आंशिक बदली भई देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।
राति, देशको पहाडी भू(भागमा सामान्य बदली तथा पूर्वी तराइ भू(भागमा आंशिक बदली रही वाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू(भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।








