सयुक्त राष्ट्रसंघ अन्तरगत युएन ओमनले कोरोना भाइरस बिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने बिश्वका पाँच महिलाहरुमा नेपालकी डा. रुना झा पनि पर्नुभएको छ । केन्द्रीय प्रयोगशाला टेकुकी निर्देशक झालाई कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूचीअन्तर्गतमा राखेको हो ।
संयुक्त राष्ट्रसंघले कारोनाविरुद्वको लडाईमा अग्रसर भई काम गर्दै आएको पाँच महिलाको सुची मध्ये नेपालका तर्फबाट नेपाल राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाको नाम परेसगै नेपालको स्वास्थ्य क्षेत्रमा महिलाद्वारा गरिएको उपलब्धीले नयाँ उचाई कायम गरेको छ ।
राष्ट्रसंघका अनुसार डा झा र उनको ७० जनाको टालीले दैनिक रुपमा करिब ७० वटा कोरोना परिक्षण गर्ने गर्दछन् । उनको टोली कोरोना न्युनीकरण गर्न दिनरात प्रयोशालामा खटिएका छन् । ढिलासम्म काम गर्दा आफ्नो र टोली समेतका लागी यातायात र खाने सामाग्री स्वेयम जुटाएको बताउँछिन् ।
डा. झा संगै कोरोना भाइरस बिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने काजिकस्तान,चीन,जोर्डन,क्यारावियनदेशका अन्य महिला समाबेश गरेको छ ।










