लकडाउन जेठ १० सम्म लम्ब्याउने तयारी



काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

स्रोतका ्अनुसार भारत सरकारले लकडाउनलाई निरन्तरता दिइरहेका बेला नेपालमा खुला सिमानाका कारण लकडाउन हटाउँदा जुनसुकै बेला स्थिती भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको जनाएको छ । बैठकमा केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए।

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  ३ : ५४ बजे