नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण



काठमाडौँ । नेपालमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जना संक्रमित थपिएका हुन् ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  २ : ३१ बजे