काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
बुधबार देशभर बिहानपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाले अनुरोध छ ।










