नेपालमा सङ्क्रमणको दर बढ्दै : आज एकैदिन ५७ जना नयाँ संक्रमित थपिए,



नेपालामा आज (मंगलबार) मात्रै ५७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा एक संक्रमित फेरिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुलाई सङ्क्रमणको पुष्टी भएको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए ।

सबै संक्रमित पुरुष रहेको र उनिहरुकोको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

यस सगै नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १९१ पुगेको छ ।

पछिल्लो समय भारतसग सिमा जोडिएका तराइका जिल्लाहरुमा सङ्क्रमण बढ्दो दरमा देखिन थालेको छ सङ्क्रमण फैलिन नदिन भारतबाट लुकिछिपी नेपाल आउनेहारुलाई कडाइ गर्न माग भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार  ७ : ५३ बजे