बिहानै थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो



काठमाडौं । बिहीबार बिहाना थप दुई जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ।

काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहिबार  १ : ४२ बजे