चिनियाँ राष्ट्रपति सीको जलायो पुत्ला



महोत्तरी । बर्दिवासका स्थानीय युवाहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरेका छन् । चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्विट गरेको विषयलाई लिएर लालबन्दीमा युवाहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरेका हुन् ।

केही दिनअघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्विटर पेजमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्यमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्ट चीनमा पर्छ भनिएको छ ।

त्यस्तै, केही दिनअघि मात्र राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा बस्ने चिनियाँ नागरिकहरू नेपालमै बसेर नेपाल प्रहरीमाथि आक्रमण गर्नु गम्भीर विषय बनेको भन्दै युवाहरूले आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहिबार  २ : ५१ बजे