स्वास्थ्य मन्त्रालयले सच्यायो यस्तो सूचना, संक्रमितको संख्या २४५ मात्रै



काठमाडौं । देशमा कोरोनाको त्रास फैलिरहेका वेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली जनतालाई त्रसित बनाएको छ । मन्त्रालयले यसअघि प्रकाशित गरेको सूचनामा अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २५० रहेको जनाएको थियो ।

मन्त्रालयले पुनः सुचना जारि गर्दै आफूले प्रकाशित गरेको सूचनामा सुधार गरेको भन्दै संक्रमितको संख्या २४५ मात्रै रहेको जनाएको छ ।

‘अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५  जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।’

पहिले जारि गरेको सुचना

केहि समय पछि सुधार गरिएको पत्र

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहिबार  ५ : १७ बजे