काठमाडौं । नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् ।
भेटिएका संक्रमित मकवानपुरका ३७ बर्षिय पुरुष रहेका छन् भने बाकेँ नैनापुर १,३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।








