नेपाली सेनामा पनि पुष्टी भयो कोरोना सङ्क्रमण



नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सेनामा सङ्क्रमण पुष्टी भएको यो नैपहिलो पटक हो ।

सङ्क्रमितहरु हाल मध्य पृतना महोत्तरीमा कार्यरत रहेको र उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याएर सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

जनकपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार  ११ : ४१ बजे