आइतबार (आज) थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
थपिएका सङ्क्रमितहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का दुईजना पुरुषहरू र एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको बताइएको छ ।
उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








