सोमबार थप ९ जना कोरोना संक्रमित भेटिए



काठमाडौं । नेपालमा थप ९ जना कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

 

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  ३ : २५ बजे