सिन्धुपाल्चोक । नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकी महिलाको घर रहेकोे जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चे गाउँबाट परिक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ, स्वाब संकलन आज पनि जारी छ ।
महिलाको मृत्यु लगत्तै शनिबार देखि शील गरिएको बाह्रबिसे नगरपालिकाकावडा नं ९ मा रहेको राम्चे ठोट्नेरीका बासिन्दाको आइतबार कोरोना परिक्षणका लागिबाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सहितको स्वास्थ्य टोलीले स्वाब संकलन गरेको हो ।
संकलीत स्वाको परिक्षण रिपोर्ट पछि महिलाबाट परिवार, आफन्त र समुदायमा कोरोना सरे नसरेको थाहा पत्तालाग्ने छ । गाउँकी २९ बर्षिय सुत्केरीको मृत्यु कोरोनाका कारण भएको पुष्टी भएपछि ठोट्नेरी गाउँ त्रासमा छ । उहाँको शिशुसहित परिवारका सदस्यको भने रिपोर्ट नेगेटीभ आइसकेको छ ।
शनिबार राती राम्चेकी महिलाको मृत्यु कोरोना भाइसर संक्रमणका कारण भएको आधिकारीक जानकारी सार्वजनिक भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुुभक्त ढकाललाई फोन गरी तत्काल स्वास्थ्यकर्मीको विशेष टोली सिन्धुपाल्चोमा खटाउन भन्नुुभएको थियो । कोरोना भाइरसको कारण आफ्नै गृह जिल्लामासुत्केरी महिलाको मृत्यु भएपछि सभामुख सापकोटाले घटनालाई विशेष चासो दिएर स्वास्थ्य र सुरक्षाका लागि पहल गर्नुभएको हो ।
आइतबार स्वास्थ्य मन्त्रालय, बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका संयुक्त स्वास्थ्य टोलीले गाउँमा स्वाब संकलन गरेको हो । आवश्यकताका आधारमा स्वाब संकलन कार्य जारी रहने नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुुबोधले जानकारी दिनुुभयो । स्थानिय बासीन्दाले भने सबैको स्वाब संकलन गर्न माग गरेका छन् । तर स्वास्थ्यकर्मीले भने त्यसो गर्नुनपर्ने बताएका छन् ।
वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलय सहितको स्वास्थ्य टोलीले पहिलो घेरामा कम्तीमा १ सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुुभएको छ ।
आइतबार नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुुबोध, बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुुलाल, उद्योग वन तथा पर्यटनमन्त्री अरुण नेपाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, बाह्रबिसे नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रीन जिल्लाका सिमित पत्रकार सहितको टोली राम्चेको ठोट्नेरी पुुगेको थियो ।
टोलीले स्थानीलाई उच्च मनोबलका साथ सेल्फ क्वारेन्टीनमा बस्न, धैर्य गर्न, संकटको घडीमा थप जिम्मेवार र सचेत बन्न, आफू सुरक्षित रहि अरुलाई पनि सुरक्षित राख्नेगरी सहयोग गर्न अपील गरेको केन्द्रीय सदस्य माधव सापकोटाले बताउनुुभएको छ ।
यसैविच सभामुख अग्निप्रसाद सापकोटाले बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ बर्षिया महिलाको कोरोना संक्रमणबाट निधन भएको खबरले आफूलाई दुखित तुल्याएको बताउनुुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुुभएको छ । सभामुख सापकोटाले सम्बन्धीत क्षेत्रमा उच्च सतर्कताका साथ आबश्यक सुरक्षा र परीक्षणको ब्यवस्था मिलाइएकोले आफूले पनि सतर्कता अपनाउन र संयमित बन्न सबैमा आग्रह गर्नुभएको छ ।








