सेना सडकमा निक्लनु सरकारको कमजोरी : नेता सिंह



कांग्रेस नेता एबम सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने सेनालाई सडकमा राखेको प्रति आपत्ती जनाएका छन् ।

सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे सोमबार प्रतिनिधिसभा संसदमा भएको छलफलमा भाग लिएका सांसद सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौंका सडकमा किन सेना देखिएको भन्ने प्रश्न गर्दै आपत्ती प्रकट गरेका हुन ।

बैठकमा उनले भने, ‘कालिमाटीमा घनश्याम झालाई ब्लड लिन गएको वेलामा सेनाले दुःख दियो । यो सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने हो सेनालाई । शान्तिसुरक्षा त प्रहरीले गर्नुपर्ने हो नि । यस्तो किन भएको छ ? जनतालाई किन अपमानित गरेको छ ? सरकारको नियतबारे हामी सबै सजग हुनुपर्छ ।’

एकपछि अर्को भ्रष्टाचार र अनियमितताका काण्डमा फस्दै गएको र बर्तमान सरकार असफल भइसकेको पनि सिंहले उल्लेख गरे ।

सरकारको नीति तथा कार्यक्रम हेर्दा सरकार नागरिकप्रती अलिकती पनि जवाफ देही नदेखिएको पनि नेता सिंहले दाबी गरे ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  १० : १३ बजे