मन्त्रिपरिषदद्धारा लिम्पियाधुरासहितको नेपालको नक्शा पारित



मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गरेको बालुवाटार श्रोतले बतायो ।

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै ती भूमि फिर्ता गर्ने बताएकी थिईन् ।

भारतले अतिक्रमण गरेको नेपाली भुमी सहितको नक्सा सार्बजनिक गर्न पछिल्लो समय सरकारमाथी दबाब बढेको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  २ : ५९ बजे