हाल देशमा स्थानीय वायु र चक्रवात अंपुनको चक्रवातीय वायुको अप्रत्यक्ष प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माहाशाखाका अनुसार हाल देशको पूर्व र मध्य भू(भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू(भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी २४ घण्टा भित्र देशको मध्य तथा पूर्वी भू-भागहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ ६ गते मंगलबार
दिउँसोः देशको पूर्व र मध्य भू(भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू(भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू(भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्व र मध्य भू(भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू(भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू(भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ ७ गते बुधबार
दिउँसोः देशको मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली रही पश्चिमी भू(भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू(भागका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी भू(भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ ८ गते बिहीबार
दिउँसोः देशको मध्य तथा पूर्वी भू(भागहरुमा पूर्ण बदली रही पश्चिम भू(भागहरुमा सामान्य बदली रहनेछ।मध्य तथा पूर्वी भू(भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भू(भागहरुमा पूर्ण बदली रही पश्चिम भू(भागहरुमा सामान्य बदली रहनेछ।मध्य तथा पूर्वी भू(भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।








