दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री कोरोना भाइरस संक्रमित



दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री समेत रहेकी उनकी पत्नी एजेलिना टोनी कोरोना भाइरस संक्रमित भएका छन् ।

माशर ६० वर्ष नाघिसकेका छन्। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको १३ मे मा कोरोनाभाइरसको परीक्षण गरिएको थियो।

दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् भने ४ जनाको ज्यान गएको छ। बीबीसी

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ३ : ११ बजे