काठमाडौं । मंगलबार राजधानीमा भेटिएका पाँच जना संक्रमित मध्ये एक जना काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ । चालक भक्तपुर नगरपालिकाका वडा नम्बर ५ का बासिन्दा हुन् ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले जानकारी दिए ।








